Tuesday 3 August, 2010

गज़ल-१०२

नलेखी बस्न खोज्दा के लेखियो ? जीन्दगी यो
बलेसी बग्न खोज्दा समेटीयो, जीन्दगी यो

हुँदैथें भावहीन, झर्न खोज्यो आँशु किन ?
परेली खस्न खोज्दा, अँचेटियो जीन्दगी यो

भरको त्यही मियो, यो मनको माझ थियो
मुटुमा पस्न खोज्दा लखेटियो जीन्दगी यो

बाटोको ढुंगा सरि पीडै पिडा छाती भरि
मुठ्ठीमा कस्न खोज्दा काँ'भेटियो जीन्दगी यो

फुल्दैन फूल मित्र त्यो उराठ बाग भित्र
कालैले डस्न खोज्दा लौ देखियो जिन्दगी यो

No comments: