Wednesday 4 August, 2010

ग़ज़ल-१०३

पैल्हो भेट भएको त्यो रात सम्झिदैंछु ||
लुक्दै भेट्न आउदा बज्ने पात सम्झिदैंछु ||

पर्खी पर्खी थाके पछी आउने गर्थ्यौ तिमी,
खुसुक्क नै आँखा छोप्ने हात सम्झिदैंछु ||

टाढा हुँदा रिसाउँथें नजिक हुँदा मख्ख,
सर्माउँदै गरेका ति बात सम्झिदैंछु ||

स्पर्शले अत्तालीन्थें आँखा बन्द गर्थें
सुस्त सुस्त समर्पित मात सम्झिदैंछु ||

अंगालोमा कसे पछी तातो स्वास फेर्दै
एकअर्को जीन्दगीको खात सम्झिदैंछु ||

No comments: