Friday 6 August, 2010

गज़ल-१०४

उड्नु थियो गगनमा, प्वाँख काटी छोडी गयो ||
समयले आशारुपी, डोरी बाटी छोडी गयो ||

बाटो यस्तो देखाउँछ, हिड्न खोज्दा लडी जाने,
खाल्टो भित्र पारी हिलो, घाँटी घाँटी छोडी गयो ||

मृत सरि भएको छु, बचाउने कोहि छैन,
संगै हिड्ने सहयात्री, नाता छाँटी छोडी गयो ||

न त थेग्ने लहरो छ, न त टेक्ने हाँगो यहाँ,
नियतिले मेरो साथ, ढुंगामाटी छाडी गयो ||

जति दु:ख परे पनि, मरी जान नसकिने,
नजिक मै काल आयो, सुँघीचाटी छोडी गयो ||

No comments: