Thursday 25 November, 2010

गजल-105

सपना एकै पालौँ भनेथेँ ॥
पाईला सँगै चालौँ भनेथेँ ॥

मरेर जाँदा लानु के छ र ?
हर्षको दीप बालौँ भनेथेँ ॥

भत्किँदै थिए भित्ता मनका,
मिलाई हात टालौँ भनेथेँ ॥

कठोर भयौ कुन्नी किन हो?
रसिलो मन्ले गालौँ भनेथेँ ॥

निरास भएँ छैन आशांक,
संसार बेग्लै थालौँ भनेथेँ ॥
(आशांक= आशा अंक)

2 comments:

देशभक्त नेपाली said...

तपाइका गजलहरू साह्रै राम्रा, मिठा, अनी जीवनसंग गाँसिएका यथार्थपरक भोगाइहरू पनि कति गजलहरूमा झल्किएका पाउँछु । तपाइका कलमहरू यसै गरी निरन्तर चलि रहुन । शुभकामना ।
एक नियमित पाठक, प्याकुरेल विष्णु ।

Unknown said...

वाह! वाह! मात्र भन्न सक्छु । मन हर्ने ।