Friday 26 November, 2010

गज़ल-१०६ "दुनिया"

जोर हात धारे गर्दा हुने नमस्कार ||
अर्को पक्ष हारे भने मिल्ने पुरस्कार ||

रातो दिन पसिनाको भेल बगाई
जुटाएको शीता संगै डुल्ने तिरष्कार ||

विद्वताको परिक्षामा बर्षौं बिताई
सर्वनाश हुने बस्तु गर्ने अविष्कार ||

इतिहास रुवाएर हास्ने जमात
देख्दा पनि नसकिने गर्न अस्विकार || 

आफैं जान्ने मैं हुँ मान्ने भ्रम सबैको
मेटाउन नसकिने कस्तो अहंकार ?

No comments: