Sunday 3 April 2011

गज़ल

नसोचेको भवितव्य परेपछि थलापरेँ॥
मेरो आफ्नो चन्द्रमा नै झरेपछि थलापरेँ॥

बाचुन्जेल केहि गर्ने आशा हुँदा जीन्दगीमा,
कोशिसका सबै प्राणी मरेपछि थलापरेँ॥

फक्रिएका सपनाको फेदबाट पानि हाली,
निराशाले नुनै नुन भरेपछि थलापरेँ॥

प्रतिक्षाको पला-पला काटि आ'को प्रभातको
समय यो सूर्यसँगै सरेपछि थलापरेँ॥

मुठी मानु संगालेर जोगाएको हाँसो खुसी
नियतिले पल भित्रै हरेपछि थलापरेँ॥

1 comment:

दीपक जडित said...

वाह! सबै शेरहरु मन परे!