Wednesday 11 May 2011

गज़ल

नजिकिंदा तिमीलाई बात लाग्ला भन्दै भागें ||
नशालु ति नयनका मात लाग्ला भन्दै भागें ||

 लेखेकोथें तिम्रो लागि पत्रहरु रक्ताक्षर,
सबै तिम्रो सिरानीमा खात लाग्ला भन्दै भागें ||

एकान्तको सहरमा अन्धकार प्रिय भएँ,
साथ खोजे तिमीलाई रात लाग्ला भन्दै भागें ||

 बाटो फेर्दै हिड्न लागें मलाई कतै भेट्यौ भने
तिमीलाई दशा साँढे सात लाग्ला भन्दै भागें ||

शरीर र आत्मा उस्तै फेरी पनि निच परें
छोए मैले तिमी सानो जात लाग्ला भन्दै भागें ||

 सजाएर राखेकोछु पिरतीको गुलाब यो,
अश्विकार भए दिलमा घात लाग्ला भन्दै भागें ||

3 comments:

RRijal said...

सुन्दर !

कृष्णपक्ष said...

यति मिठो गजल कनिकुथी कोरेको जस्तो लागेन, साह्रै मिठो छ ।

झटारो काँइला said...

ब्लग अपडेट त भएको रैन' छ, कन्दै कुथ्दै हुनुहुन्छ कि?