Saturday 28 May, 2011

गजल "म"

लुकाएको पिडा बुझ्ने यौटा मित्र खोज्दैछु म |
बिश्वासको परिभाषा बोक्ने चित्र खोज्दैछु म |

 न भरोशा मिल्छ यहाँ न आधारै भेट्टाउँछु
सामर्थ्य वा कस्तो शक्ति आफैं भित्र खोज्दैछु म ?

 स्वभाव नै दोषी हुँदा फेरी पनि आफ्नै मान्ने,
कस्तो अनि कति सम्म'को पवित्र खोज्दैछु म ?

 सडक मै भेटे पनि पनि महल मै देखे पनि
उस्तै उस्तै लाग्ने यौटै कुन् चरित्र खोज्दैछु म ?

No comments: