Friday 3 June, 2011

सपना

भूलै भूलको धुलोमाथी
बागमतीको पानी सिंचाएर
यो आऊंदो, 
साउने सोमबारको 
दिनमा सत्यको बिउ
छुपु छुपु रोप्ने,
सपना......!

आशै आशको जीउ भरि
प्रयासको गउँत्, गोबर दलेर
यो आऊंदो
जनै पूर्णिमामा
प्रारम्भिक सत्यताको
जनै भिर्ने
सपना ..........!

युद्दग्रस्त यो शहरमा
एकमुठी हारको पराल
बिच्छ्याएर
यो आऊंदो
सोह्रश्राद्धको औंशी
तिथीमा तर्पण दिएर
घमण्डलाई  तार्ने
सपना.....!

बातै बातको माटो थुपारेर
उत्साहको दाना छरेर
यो आउँदो
घटस्थापनामा
उमङ्ग जमरा उमार्ने
सपना........!

1 comment:

साहित्य संसार said...

कवितामा पनि मन पराएँ मैले तपाईलाई । जय होस् ।