Wednesday 22 June, 2011

गज़ल

भुल्न खेजें धेरै चोटी घरि घरी याद आयो
हिड्दै गर्दा हर मोडमा परि परि याद आयो

सम्झेको थें अतित भुले सरल हुन्छ जिउनलाई
तर मोरो मेरो अतित मरि मरि याद आयो

अति सुन्दर म र मेरा स्कुलको कक्षाकोठा
भित्ताको त्यो कालोपाटी, खरी खरी याद आयो

संगै खेल्ने पारस,सुवास साथीहरु कति असल
उज्ज्वल, दुर्गा, कल्पना र हरि हरि याद आयो

कबर्दी र डण्डीबियो खेल्नजाँदा बांकेखोला
रमाउदैं खेलेका दिन सरि सरि याद आयो

भुल्न खेजें धेरै चोटी घरि घरी याद आयो
हिड्दै गर्दा हर मोडमा परि परि याद आयो

No comments: