Sunday 19 June 2011

गज़ल

कुन्नि के छ तिमीसँग गल्दै गएँ आफैं भित्र
शान्त हुँदा सबै अङ्ग चल्दै गएँ आफैं भित्र


नदेखेको भविष्यको रेखा चित्र कोर्दा कोर्दै
सपनाका दाना रोपी फल्दै गएँ आफैं भित्र


ठिही थेग्न शरीरमा न्याना लुगा खोज्दाखोज्दै
शिशिरको सिरेटोमा बल्दै गएँ आफैं भित्र


निराशाका तीरहरु छाती भरि धावा बोल्दा
स्व-हमलाबाट बाँच्न छल्दै गएँ आफैं भित्र

1 comment:

ALVARO GÓMEZ CASTRO said...

Hi, I have been visiting your blog. ¡Congratulations for your work! I invite you to visit my blog about literature, philosophy and films:
http://alvarogomezcastro.over-blog.es

Greetings from Santa Marta, Colombia