Wednesday 22 June, 2011

गज़ल

स्वप्न देख्नु जो कोहीको अधिकार देखे हुन्छ ||
धर्ती टेक्नु जो कोहीको अधिकार टेके हुन्छ ||

जसको शक्ती उसको भक्ती बलबुत्ताले भ्याएसम्म,
प्रहार छेक्नु जो कोहीको अधिकार छेके हुन्छ ||

हर्ष हुँदा हास्ने अनि पिडा हुँदा रुने सबै
घाउ सेक्नु जो कोहीको अधिकार सेके हुन्छ ||

खोला भित्र रमाउने  माछीको नै भाग्य जानोस
जाल फेक्नु जो कोहीको अधिकार फेकें हुन्छ ||

उत्कृष्टता भन्ने कुरा साधनामा भर पर्छ
कस्तो लेख्ने जो कोहिको अधिकार लेखे हुन्छ ||

No comments: