Friday 24 June, 2011

गज़ल

धेरै भयो दुरी अब घटाउन पाए हुन्थ्यो ||
गुम्सिएका मनका कुरा बताउन पाए हुन्थ्यो ||

भन्नेले त भन्ने गर्छन टाढै हुँदा माया मिठो
दुवै मुटु यै छातीमा अटाउन पाए हुन्थ्यो ||

खल्लो लाग्छ भेटिएर छुटे पछी सँधैभरि
हरेक पल तिमीसंगै कटाउन पाए हुन्थ्यो ||

आँखा भरि तिमी मात्रै अरु कुनै चाह छैन
नशा भरी नयन ति मताउन पाए हुन्थ्यो ||

एकोहोरो हिड्दा पनि कल्पनामा हराउँछु
माया गर्दै रातै भरि सताउन पाए हुन्थ्यो ||

No comments: