Wednesday 13 July, 2011

गज़ल

नहुनुको पिडा बुझ्न, महलमा पसे पछी !!
के भेटिन्थ्यो घाम कुर्दै, गुफा भित्र बसे पछी !!

 भाग्य भए सबै हुन्छ भन्दै अल्छी गरि बस्दा,
सम्मानको के आशा र खरानी नै घसे पछी !

सकिएको हिजो अस्ति, सम्झिएर झोक्राउँदा 
भविष्यमा के पाइन्छ?  पछुतोले डसे पछी !!

हुँदा सबै आफ्नै जस्ता, बिपत्तिमा को हुन्छ र ?
दशा  लाग्दा घर बग्छ, बलेशी नै पसे पछी !!

जन्मै जान्ने को थियो र?  यहि आई सिक्ने सबै 
भेटिनेछ लक्ष पक्का, कोशिसले कसे पछी !!

No comments: