Thursday 14 July, 2011

गज़ल

कोपिला मै सुन्दर थियो फुल्यो अब वैलाउँछ ||
गगन छुने रहर थियो झुल्यो अब वैलाउँछ ||

बस्त्र सरि बेरिएका पात भित्र मात हुँदा
भवँराको लहर थियो खुल्यो अब वैलाउँछ ||

हरियाली मौसम र पुतलीको अंगालोमा
बसन्तको शहर थियो भुल्यो अब वैलाउँछ ||

लाली रुप देखाउँदै घमण्डले मात्तिएर
रंगीन त्यो प्रहर छोडी डुल्यो अब वैलाउँछ ||

No comments: