Thursday 14 July, 2011

गज़ल

जसको बलि चढाउँछौ उसको मुक्ति तिमीलाई पाप
तिम्रो लागि रेटिएर गर्यो  भक्ति तिमीलाई पाप

बुझ्नेले नै बुझेको छ जन्म मरण नजिकबाट
संसार यो जित्यो अनि भेट्यो शक्ति तिमीलाई पाप

केहि दिनको पाहुना हौँ किन कसलाई दुखाउनु
'अरुको नै लागि बाँच्नु' बुझ्यो उक्ति तिमीलाई पाप

असल खराब बुझे पनि अबुझ जस्तै गर्ने बिच
वाक्य बिना धर्म थेग्न देख्यो जुक्ति तिमीलाई पाप

No comments: