Wednesday 20 July, 2011

गज़ल

मेरो माया मेट्नलाई तिम्रो छायाँ मेट्नु पर्छ
टाढा हुन खोजे आफ्नै चाहनालाई रेट्नु पर्छ

दुख्छ तिम्रो मन अनि रसाउँछन् आँखाहरु
मलाई छोडी खुसि हुन देवत्व नै भेट्नु पर्छ

छट्पटीन्छौ निरन्तर ढाँट्न खोजे आफैंलाई
भरोशाको खम्बा ढाल्न  कलेजी मै टेक्नु पर्छ

मानी हेर, 'आफ्नो' जस्तै धोकेवाज जगतलाई
पछ्यौरीमा फिंजाएर त्यो आदर्श बेच्नु पर्छ

चुनौती भो तिमीलाई सक्छौ? मेरो विश्वासमा ?
बगरे झैँ छुरी धस्न दिवा स्वप्न देख्नु पर्छ

No comments: