Wednesday, 20 July 2011

गज़ल

सँगै थियौ हिजो, आज पोहोर भएछ
गुदी खायौ बोक्रा, चाहीं फोहोर भएछ
 
भर गरें त्यसैले त, भोग्दैछु यो गती
लाखौं थिएँ अब, खोटी मोहोर भएछ

किन यस्तो परिवर्तन अचेल तिमीमा
घमण्डको झल्को ओहोर दोहोर भएछ

जति मैले बुझें त्यति पर्याप्तै ठानेथें
शंका तिम्रो मनमा लाल मोहोर भएछ

No comments: