Friday 22 July, 2011

गज़ल

तिम्रो शरण पर्दै अब वर माग्दिन भो
रुखै मुनी बस्छु कुनै घर माग्दिन भो

सुनको छाना ओढेकाछौ चाँदी तिम्रो ढोका
हत्केला मै ओत लाग्छु खर माग्दिन भो

आधार तिम्रो पायो भने जितिन्छ रे जगत
अब हिड्छु लड्खडीदै भर माग्दिन भो

खँडेरी नै परे पनि घाँटी सुकाई बस्छु बरु
भाकल गर्दै वर्षा एकै झर माग्दिन भो

जन्मे पछी मर्नु पर्छ यत्ति कुरा बुझेकोछु
जिउँछु एक्लै साथी नारी नर माग्दिन भो

No comments: