Friday 22 July, 2011

गज़ल

सपना झैं तिम्रो माया देखुन्जेल माया गर्यौ
प्रकाशले हिउँ माथी टेकुन्जेल माया गर्यौ

हाँस्न खेल्न झुम्मिएका धेरै साथी थिए तिम्रा
दुख्दा आयौ तिम्रो घाउ सेकुन्जेल माया गर्यौ

हृदयमा अस्त ब्यस्त छरिएका हर्ष छाडी
तिम्रो आँशु मेट्ने कुरा लेखुन्जेल माया गर्यौ

दोबाटोको फुल थिएँ देख्दा आफ्नै माने जस्तो
यात्री थियौ त्यो घुम्तीले छेकुन्जेल माया गर्यौ 

बजारमा सजिएको समान झैं भएँ आज
ब्यापारीले ग्राहकलाई बेचुन्जेल माया गर्यौ

No comments: