Saturday 13 August, 2011

गज़ल

हेर उ बिहानी खुलेर पो आयो
हिमालमा लाली घुलेर पो आयो

गोधुली बनेर गएथ्यो उ रुँदै
अँध्यारो त्यो रात्री भुलेर पो आयो

डराएँ म यहाँ नभेटिने हो कि ?
शितल पवनसँगै  डुलेर  पो आयो

कहाँ हुन्छ राम्रो वैलिएर झर्दा
मेरो झर्ने बेला फुलेर पो आयो

बरु मेरो यात्रा टुङ्गीएर जाला
उ त मस्त मस्त झुलेर पो आयो

No comments: