Saturday 13 August, 2011

गज़ल

जहाँ चिप्लो त्यहि टेक्दीन म अब
तिम्लाई खुसि पार्न लेख्दिन म अब

के को चासो मलाई तिम्रो बारे सोच्न
जता सुकै जाउ छेक्दीन म अब

यी आखैं हुन दोषी नाना थरि देख्ने
पट्टि बाँधी दिन्छु देख्दिन म अब

नाथे मन दुख्ला निचोरेरै राख्छु
हुट्टीट्याउँ झैं सहर थेग्दीन म अब

No comments: