Friday 21 October, 2011

गजल


जता सुकै जाऊ तिमी हिड्नलाई रोक छैन | 
दोबाटोमा अल्झाउने मेरो कुनै चोक छैन |

झटारोको दाउ थापी आँप खोज्ने गर्दिन म
सबै तिम्रो मनोमानी अट्ने कुनै थोक छैन |

खाने कुरा देखे पछी सबैलाई खाउँ लाग्ला
तर तिमीसँग मागी खाने मेरो भोक छैन |

मेरो यस्तै प्रकृति छ नठान्नु यो रिसाएछ !
सामान्य नै छु म यहाँ देखाउने झोक छैन |

बिन्ती अनि अनुरोध गर्न आयो नसोच्नु है
तिमीलाई राजी पार्ने त्यस्तो कुनै तोक छैन |

No comments: