जहाँ डेरै भेटिंदैन घर दिन्छु भन्ने भेटें !
भीरबाट धकेलेर भर दिन्छु भन्ने भेटें !
जीन्दगीको चौतारीमा संधैं संगै भएका ति !
पिपलुलाई छुट्टयाएर बर दिन्छु भन्ने भेटें !
आत्मा पनि बिक्री गर्ने बजारका व्यापारीले,
अमृत झैं मेरा यी अधर दिन्छु भन्ने भेटें !
अन्धकार भित्र बस्ने धमिलो त्यो मुहारले,
माग्यौ भने सुनौलो सहर दिन्छु भन्ने भेटें !
चिता माथि पुग्दा पनि चित्त बुझ्दो रहेनछ,
अब चाहिँ अजम्बरी रहर दिन्छु भन्ने भेटें !

No comments:
Post a Comment