Monday 4 June, 2012

गज़ल,

जब कोहि आफ्नो लाग्छ रुवाउने उसैले हो ||
तिम्रो पिडा देख्दा आँशु चुहाउने उसैले हो ||

अनि पो त सम्बन्धको चित्र बन्छ मन भित्र,
शंका गर्दा पनि कसम खुवाउने उसैले हो ||

हरियाली बशन्तको पालुवा झैँ शितलता
पल पल हृदयमा चुमाउने उसैले हो ||

तिम्रो सबै जीवनको धुलोमैलो हटाउन
प्रभातीय किरणले नुहाउने उसैले हो ||

मान्छे नै हो सबैलाई दुख्ने गर्छ कुनै बेला
दुखाइ त्यो मेट्न सुम-सुम्याउने उसैले हो ||

अल्मलिदा जीवनको गोरेटो र दोबाटोमा
सहि मार्ग अनि लक्ष छुवाउने उसैले हो ||

No comments: