Wednesday, 19 December 2012

गजल

किन कसलाई गलत ठानौं भयो अब राम्रै देख्छु |
दुख्ने चित्त निचोरेर म खुसीका गजल लेख्छु |

जो जो जहाँ भए पनि शिर माथि आकाशै छ
उसले तिम्ले जस्तै अब मैले पनि धर्ती टेक्छु

जति दिन बचेको छ त्यो पनि त काफी छैन
अब मेरो समयलाई हीरा भन्दा महंगै  बेच्छु

मैले मेरो मलाई अनि हामी हाम्रो सोचौं भन्ने
स्वार्थ छोड्छु निरीहको बेदनामा घाउ सेक्छु

निम्तो दिएँ सबैलाई चित्त बुझे साथै जाउँ
एक्लै हिड्नै परे पनि अब पक्कै लक्ष भेट्छु

No comments: